अनुसूची
(दफा १२ को उपदफा (३) सँग सम्बन्धित)

अनुसूची–३
(दफा १२ को उपदफा (३) सँग सम्बन्धित)

व्यावसायिक तथा वित्तीय कार्ययोजनाको प्रस्तावमा न्यूनतमरुपमा समावेश हुनुपर्ने विषयहरु

(१) उम्मेदवारले कुनै अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको ढाँचामा व्यावसायिक योजना सहितको संस्थान सुधार योजना प्रस्ताव पेश गर्न सक्नेछ । तथापि प्रस्ताव ५ हजार शब्दमा नबढाई ब्द्ध क्ष्शभ कागजमा त्ष्mभक ल्भध च्यmबल, ११—१२ फन्टमा तयार गरेको हुनुपर्नेछ । नेपाली भाषामा भए ग्लष्अयमभ मा ४ हजार ५ सय शब्दमा नबढाई पेश गर्नु पर्नेछ ।

(२) प्राविधिक प्रस्तावले सम्बन्धित संस्थानलाई प्रचलित कानूनले तोकेको कार्यविवरण अन्तर्गतका योजना, रणनीति, पहुँच (ब्उचयबअजभक), सिफारिस तथा संस्थानको समग्र कार्यसम्पादन तथा उत्पादकत्व सुधारका लागि अवलम्बन गर्नुपर्ने उपायहरू उल्लेख गरेको हुनुपर्नेछ ।

(३) प्राविधिक प्रस्तावले संस्थानका विद्यमान समस्या, मामला (क्ष्ककगभक), चुनौती तथा त्यसका समाधानका उपायहरू बारेमा उल्लेख गरेको हुनुपर्नेछ ।

(४) प्राविधिक प्रस्तावले संस्थानको रणनीतिक सुधार, व्यापारिक रणनीति, उत्पादकत्व अभिवृद्धि, प्रतिस्पर्धात्मक क्षमताको विकास, श्रम सम्बन्ध व्यवस्थापन, मानव संसाधन व्यवस्थापन योजनाको साथै वित्त व्यवस्थापन एवं चुहावट नियन्त्रण र खर्च कटौतीका
रणनीति र कार्यक्रमहरूको बारेमा उल्लेख गर्नुपर्नेछ । साथै, लगानी योजना, स्रोत परिचालन, व्यवस्थापन र नोक्सानीको परिपूर्ति सम्बन्धी कार्यनीतिहरू पनि प्रस्तावका महत्वपूर्ण अङ्गको रुपमा रहनेछन् ।

(५) उपर्युक्त रणनीति तथा कार्यनीतिहरूको कार्यान्वयनका लागि उपयुक्त सूचकहरू सहितको समयवद्ध कार्ययोजना समेत प्रस्तावमा रहनुपर्नेछ ।

(६) उम्मेदवारले संस्थानको अझै बढी राम्रो कार्यसम्पादन तथा कुशल व्यवस्थापनका लागि विद्यमान कानूनी व्यवस्थाको अधीनमा रही के कस्तो किसिमको वातावरण, अधिकार प्रत्यायोजन, न्यूनतम स्रोतसाधन, व्यवस्थापकीय सामग्रीको आवश्यकता पर्दछ, सोको पनि उल्लेख गर्नु पर्नेछ ।

(७) प्रस्तावमा ग्राफ, चार्ट, टेवल तथा तथ्यांकहरूको माध्यमबाट समेत उपर्युक्त विषयहरूको प्रस्तुतीकरण गर्न सकिनेछ ।